Early Intervention ( E I )
प्रारम्भिक हस्तक्षेप (Early Intervention (EI))
प्रारम्भिक बाल विकासको लागि डाउन सिन्ड्रोम भएका सानो बच्चाहरुलाई विशेष प्राथमिकता
दिएको देखिन्छ, किनकि अरु बौद्धिक अपाङ्गता भन्दा यिनीहरु भिन्न हुन्छन् र उनीहरुको पहिचान जन्मिँदादेखि नै भैसकेको हुन्छ । यसकारण डाउन सिन्ड्रोम भएका बालबालिकाहरुलाई छिटै तालिमगरिन सकिन्छ ।
I प्रारम्भिक हस्तक्षेप EI भनेको के हो ?
प्रारम्भिक हस्तक्षेपमा Physiotherapy, Occupational, Speech Therapy तथा विशेष शिक्षा
(Special Education) को लागि मद्दत सम्मिलित हुन्छ । यो तालिम बच्चाको जन्मदेखि स्कूल जानेउमेरसम्म दिइन्छ । यो जन्मदेखि ५ वा ८ वर्षको उमेरसम्मको बालबालिकाको समूहलाई दिइन्छ ।
II के प्रारम्भिक हस्तक्षेप तालिमले काम गर्छ ?
प्रारम्भिक हस्तक्षेप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने मूल्यांकनको दुईतर्फी सोच राख्नु पर्दछ ।
क) बच्चामाथि प्रभाव
ख) आमाबाबु माथि प्रभाव
क) बच्चामाथि प्रभाव
प्रारम्भिक हस्तक्षेप पाउने डाउन्स सिन्ड्रोम भएका बालबालिकामा हरेक किसिमले बढी विकास
देखिएको र नपाउनेमा कम, पाउनेमा बुद्धि परिक्षाको प्राप्तांक अरु भन्दा २०% बढी देखिन्छ ।
बुद्धि परिक्षामा बच्चाले सिकाएका कुरा मात्र होइन आफैले सिकिएका कुरा पनि समावेश
गरिन्छ ।
संस्था भन्दा घरमा पालिएका डाउन्स सिन्ड्रोम भएका बच्चाहरुको अवस्था बढी राम्रो देखिन्छ ।
यसको कारण आमाबाबुले यिनलाई पनि आफ्नो सामान्य बच्चाहरु जस्तै रेखदेख र सामान्य
वातावरण दिएको हुन्छ र भेदभावरहित हुन्छ ।
ख) आमाबाबु माथि प्रभाव
डाउन्स सिन्ड्रोम भएका बालबालिकाहरुका आमाबाबुलाई प्राथमिक हस्तक्षेपले सकारात्मक
सोच र आफ्नो बच्चाहरुलाई हेर्ने नजरियामा र उनको विकास क्षेत्रमा मद्दत पुर्याउन
सकारात्मक दिशा दिन्छ । उनको मनोबलमा वृद्धि गर्छ ।
यि आमाबाबुले अरु आफ्ना जस्तै Parents हरुसँग आफ्नो अनुभव बाँड्न सक्दछन् र
सहायता पनि गर्न सक्दछन् ।
कुनै डाउन्स सिन्ड्रोम भएका बच्चाहरुका आमाबाबुले प्रारम्भिक हस्तक्षेपलाई कम प्रभावकारी
ठान्दछन् किनकि यसले बच्चाहरुको विकासमा छिट्टै वृद्धि देखिन्न र एबचभलतक यसबाट खुशी
हुन्न । प्रारम्भिक हस्तक्षेपमा बढी समय दिनपर्ने अपेक्षा राखिन्छ ।
i. Physiotherapy
पहिलो २ वर्षसम्मको उमेरमा प्रभावकारी, जब बच्चा हिँड्न सिक्छ यस तालिमको काम कम
हुँदै जान्छ ।
ii. Occupational Therapy
यसमा आँखा र हातको काममा समन्वयता (Co-ordination) गर्न सिकाइन्छ, जस्तो लुगा
लगाउन, जुत्ता लगाउन र फित्ता वा जिप लगाउन सिकाइन्छ । प्रारम्भिक शिक्षा पनि यसमा
समावेश गरिन्छ ।
iii. Speech Therapy (बोली विकास तालिम)
स्पष्ट बोल्न, जिब्रो निकाल्न नदिने, र्याल नचुहाउन तालिम तथा सारो, नरम, तरल
(बाक्लो/पातलो) खानामा कठीनाई हुनेलाई विभिन्न प्रकारका खानाखानुमा मद्दत दिइन्छ ।
iv. Special Education (विशेष शिक्षा)
प्रारम्भिक शिक्षाको क्षेत्रमा मद्दत जस्तै समन्वय क्षमता (Cognitive Functions) जस्तै जोडा
मिलाउन, आकार चिन्न र रंग चिन्ने कामहरु । पढ्न र लेख्ने सिप पनि सिकाउने ।
III प्रा्रारम्भिक हस्तक्षेपेप तालिम कसरी सुरु हन्छ ?
(क) डाउन्स सिन्ड्रोम भएको बच्चा जन्मेपछिको पहिलो वर्षहरुमा आमाबाबुलाई मार्गदर्शन दिनु नै यस तालिमको जरुरी पक्ष हो । महिना–महिनामा भेटघाट गरी चाहिने तालिमहरुबारे परामर्श
(ख) बच्चा आमाबाबुसँगै राखी एक र एक संख्यामा तालिम दिनहुँ दिने ।
IV प्रारम्भिक हस्तक्षेप कहाँ दिन सकिन्छ ?
(क) घरमा (Home based) – आमाबाबुलाई घरबाट बाहिर जानु पर्दैन र बच्चालाई घरको
वातावरण पाईन्छ ।
(ख) केन्द्रमा (Center based)
V के प्र्रारम्भिक हस्तक्षेपले डाउन्स सिन्ड्रोमेम निराकरण हन्छ ?
प्रारम्भिक हस्तक्षेपले बच्चाको समग्र विकासमा मद्दत पुर्याउँछ । डाउन्स सिन्ड्रोम निराकरण गर्न सकिँदैन ।