About DEIC in Nepali

डाउन्स प्रारम्भिक बाल विकास केन्द्र
उद्घाटन मिति : २०६९/१२/०८
स्थान :  ९२१ मदन भण्डारी पथ–४, नयाँ बानेश्वर–३४, काठमाडौँ
नेपाल डाउन्स सिन्ड्रोम संघ परिचय :-

नेपाल डाउन्स सिन्ड्रोम संघ डाउन्स अवस्थाका (बौद्धिक अपाङ्गता) बालबालिका अभिभावक र इष्टमित्रद्वारा स्थापित र संचालित एक गैर सरकारी संस्था हो । वि.सं. २०६३ मा स्थापना गरिएको योसंस्था डाउन्स सिन्ड्रोम भएका (जन्मजात) बालबालिकालाई स्वतन्त्र र प्रयोजनीय जीवन निर्वाह तर्फ प्रेरित गर्न कार्यशील रहँदै आएको छ । यिनै बालबालिकाको लालनपालन र हेरविचारका निम्ति यस संस्थाले आवश्यकता अनुसार पेशागत सहयोग पनि पुर्‍याउँदै आइरहेको छ ।

नेपालमा डाउन्स सिन्ड्रोम भएका बालबालिकाको अवस्था :-

यी बालबालिकाहरु समाज, परिवारजन एवं सरकारबाट उपेक्षित भई रहेका छन् । यिनीहरु शिक्षा, स्वास्थ्य, सामाजिक साझेदारी र रोजगारको अधिकारबाट पनि वंचित छन् । आमाबुबाले सहित यिनीहरुलाई एक अनावश्यक पारिवारिक भार मान्दछन् जसबाट उनीहरुको पैसा, समय र मानसिक शोषण भएको र बुढेसकालमा कुनै काम नलाग्ने जीवको संज्ञा दिन्छन् । सरकारको निःशुल्क शिक्षा र स्वास्थ्यको नारा पनि व्यवहारिक रुपमा शून्य नै छ । समाजले, साथीभाईहरुले यिनीहरुलाई जिस्क्याउने र हेलाको दृष्टिले हेर्छन् । यी बौद्धिक अपाङ्ग व्यक्तिहरु अरु अपाङगता भन्दा बढी विभेदित र अलग्याइएका देखिन्छन् । डाउन्स सिन्ड्रोम भएका व्यक्तिहरुमा उनीहरुको अपाङ्गता अनुहारबाट नै देखिने कारणले उनीहरु शताब्दीयौँदेखि नै विभेदित छन् ।

डाउन्स प्रारम्भिक बाल विकास केन्द्रको औचित्य :-

डाउन्स सिन्ड्रोम एउटा क्रोमोसोमल विकारको कारणले हुने बौद्धिक अपाङ्गता हो । यसमा ४६ (सामान्य मानिसमा हुने) को सट्टा ४७ क्रोमोसोम हुन जान्छ ।
यो ३५ वर्ष नाघेका स्त्रीबाट जन्मिने सम्भावना बढी हुन्छ र १/८० जीवित जन्मिने बच्चामा देखिन सक्छ । डाउन्स सिन्ड्रोम जन्मजात हुन्छ र यसबाट मानसिक र शारीरिक विकासमा अवरोध आउँदछ । बच्चाको बालविकास ढिलो हुन्छ र हरेक कुरा उसले अरु सामान्य बच्चाहरु भन्दा ढिलो सिक्छ । यो अवस्थाको नाम डा. जोन लेंदन डाउन्सबाट नै प्रेरित छ जसले १८०६ मा यसको पत्ता लगाएको थियो ।
प्रारम्भिक बालविकास हस्तक्षेप(Early Intervention) ले डाउन्स सिन्ड्रोम अवस्थाका बालबालिकाको मांसपेशीको विकास, भाषा/बोली विकास तथा सामाजिक घुलमिलको कौशलतामा टेवा पुर्‍यााई उनीहरुलाई अरु सामान्य जनसमुदायमा सफलतापूर्वक बाँच्ने मौका दिन्छ । अर्ली इन्टरभेन्सन विभिन्न शारीरिक तथा मानसिक कसरत, क्रियाकलाप, चिकित्सकीय प्रणालीको मिश्रित योजना हो जो कि डाउन्स सिन्ड्रोम भएका बालबालिकालाई केन्द्रित गरी बनाइएको हो ।
Early Intervention मा शारीरिक, बोली, भाषा र दिनचर्याको विभिन्न क्रियाकलापको तालिम दिईन्छ । शारीरिक चिकित्साले मांसपेशीको विकास र क्षमता बढाउँछ जसले उनीहरुको हिँडाई र अंगविन्यास र बाल्यावस्थाको शारीरिक विकासमा मद्दत दिन्छ । जीवननिर्वाह चिकित्सा (Occupational Therapy) ले उनीहरुको दिनचर्याको काममा दक्षता प्रदान गर्नको साथै स्वतन्त्र जीवनयापनको लागि मद्दत दिन्छ । बोली/भाषा चिकित्सा (Speech/language Therapy)   ले उनीहरुलाई प्रष्ट बोल्न र जनसम्पर्क राख्न सक्ने क्षमता दिन्छ ।
डाउन्स सिन्ड्रोम भएका बालबालिकाको प्रारम्भिक बालविकास एक विन्दुमा गई स्थिर हुन जान्छ
(बढ्न छोड्छ) त्यस कारणले भ्क्ष् ले विकास क्रमलाई वृद्धि गर्न र छरितो बनाई बच्चाको विकास शक्ति बढाई कमजोर विकास पक्षहरुलाई अगाडि बढाउँछ ।

सम्पर्क व्यक्ति : डा. ललिता जोशी (९८५१०६५८९५)

अफिस सम्पर्क नं. : ४१०७२९२, ४१०७२५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *