Nepali Down Syndrome for Layman

साधारण मानिसलाई डाउन सिण्ड्रोमबारे जानकारी
१) डाउन सिण्ड्रोम भनेको के हो ?

डाउन सिण्ड्रोम भनेको जन्मजात, उपचार नहुने क्रोमोसोम असामान्यता हो । यो अवस्था क्रोमोसोम २१ मा एउटा अतिरिक्त क्रोमोसोमको पूरा वा सानो अंश जोडिएको कारणले हुन्छ । यसलाई ट्राइसोमी २१ पनि भनिन्छ ।

सामान्य व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ भने डाउन सिण्ड्रोम भएकामा ४७ क्रोमोसोम हुन्छ ।
यो क्रोमोसोम असामान्यता साधारणतया अधिकांश देखिने मध्ये हो र बौद्धिक अपाङ्गताको कारण पनि हो ।

यो संज्ञान क्षमता र शारीरिक विकासको ढिलाई र अनुहारको आकृतिको विशिष्ट समूहसँग जोडिएको हुन्छ । धेरैजस्तो डाउन सिण्ड्रोम भएकामा अति अशक्त किसिमको बौद्धिक असक्षमता देखिन्छ । यिनको बौद्धिक क्षमता (IQ) ५०% मात्र हुन्छ जबकि सामान्यमा १००% हुन्छ ।

२) डाउन सिण्ड्रोम किन भनिन्छ ?

डा. जान लेंडन डाउन, बेलायती डाक्टर जसले १८६६ मा यस अवस्थाको अनुहार र शारीरिक विशेषता पत्ता लगाउनु भयो वहाँकै नामबाट यसलाई डाउन सिण्ड्रोम भनिएको हो ।

३) डाउन्स सिण्ड्रोम कुन अपाङ्गताको समूहमा पर्छ ?

– यो विकासात्मक (Development) अपाङ्गतामा पर्छ जसले गर्दा शारीरिक, विभिन्न खालका सिकाई, बोली र व्यवहारको क्षेत्रहरुमा असर पार्छ । यसका कारणहरुमा :
– मस्तिष्क पक्षघात , Traumatic Brain Injury
– गर्भावस्थामा, प्रसवमा वा जन्मपछिको संक्रमण (Infection)
– क्रोमोसोम वा जेनेटिक कारणहरु जसमा Down Syndrome / Autism ।
– समयभन्दा पहिले बच्चा जन्मिने (Prematurity) ।
– गर्भावस्थामा स्वास्थ्य र खानपानको कमजोरी
– गर्भावस्थामा विभिन्न औषधिहरुको असर इत्यादि ।

४) डाउन सिण्ड्रोमको पहिचान कसरी गर्न सकिन्छ ?

डाउन सिण्ड्रोमको पहिचान अनुहारको विशेषता र शारीरिक÷बौद्धिक अपाङ्गताबाट हुन्छ । यि हुन् :
– गोलो, चेप्टो अनुहार
– अति सानो चिउँडो
– नेप्टो नाक
– माथि फर्केको चिम्से आँखा
– मुखबाट निस्कीराख्ने जिब्रो
– खुट्टाको बुढो र दोस्रो अंगुलाबीच फाटो
– हत्केलामा एक्लो लाइन (साइमन क्रिज)
– छोटो गर्दन

Leave a Reply

Your email address will not be published. Required fields are marked *