Nepali Educational Options For DS

शिक्षाको विकल्प (Educational Option)

हरेक डाउन्स सिन्ड्रोम भएका बच्चाहरुको आफ्नो–आफ्नो आवश्यकताहरु हुन्छ । यिनीहरुको लागि शिक्षाका विभिन्न विकल्पहरु छन् ।
१) साधारण कक्षा
मात्र थोरै डाउन्स बच्चाहरुको लागि उपयुक्त, साधारण कक्षामा पढाउने शिक्षकहरुले विशेष शिक्षाको तालिम पाएका हुँदैन । उनीहरुले यि बच्चाहरुको आवश्यकता पूरा गर्न सक्दैन । स्कूलको पहिलो १ वा २ वर्षको लागि ठीक हुन्छ, त्यसपछि बच्चाको विशेष आवश्यकता साधारण कक्षाको शिक्षकले पूरा गर्न सक्दैन त्यसकारण अरु विकल्प खोज्न जरुरी हुन्छ । साधारण कक्षामा नै जबरजस्ती राखिएमा बच्चाहरुले आप्mनो अमूल्य स्कूलका वर्ष खेर फालिरहेका हुन्छन् । १० वा कम विद्यार्थी भएको कक्षामा मात्र उपयुक्त हुन्छ ।

२) साधारण कक्षा साथमा परामर्शदाता
यस्ता खालको कक्षाको शिक्षक विशेष शिक्षामा तालिम प्राप्त नभएता पनि उनीहरुलाई डाउन्स सिन्ड्रोम भएका बच्चालाई पढाउन चाहिने परामर्श निरन्तर रुपमा परामर्शदातासँग लिन सक्ने वातावरण हुन्छ । यो विकल्प Mild किसिमका डाउन्स बच्चाहरुको लागि उपयुक्त हुन्छ ।
३) साधारण कक्षा साथमा विशेष शिक्षक
यस पद्धतिमा विशेष शिक्षक हप्ताको केही दिनहरुमा स्कूल आई बच्चा वा बच्चाहरुलाई एक र एकको संख्या वा सानो समूहमा पढाउँछन् ।
विशेष शिक्षकले साधारण कक्षाको शिक्षले पढाएको Subject हरुलाई राम्ररी र बच्चाले बुझने किसिमले सरल तरिकाले बिस्तारै पढाउँछन् । साथै सामाजिक सीप र आफ्नो काम आफै गर्ने कला पनि समावेश गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *